कांग्रेसभित्रको पदाधिकारी विवाद यसरी मिलउने तयारी
काठमाडौं । नेपाली कांग्रेसको संशोधित विधानमा पदाधिकारी बढाउने वा नबढाउने विषयमा नेताहरूबीच परस्पर विरोधी टिप्पणी आएका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने नेताहरूले आ–आफ्नो अनुकूल हुने गरेर धारणा राखेका हुन् । सभापति शेरबहादुर देउवा समूहले
पदाधिकारी थप्न नहुने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारी थप गरेर जानुपर्ने बताएका छन् ।
केन्द्रीय सदस्यहरूले समावेशीताको आधारमा पदाधिकारी संख्या पर्नेमा जोड दिएका हुन् ।
कांग्रेसको केन्द्रीय समितिको आकार बढेसँगै पदाधिकारी संख्या बढाउने कुरा स्वभाविक भएको नेताहरूको तर्क छ ।
‘अहिलेकै पदाधिकारी संख्या कायमै हुन्छ भने केही भएन’, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेले भने, ‘संख्या थप गर्ने हो भने व्यक्तिलाई भाग पु¥याउन होइन समावेशी सिद्धान्तका आधारमा हुनुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत