पिछडावर्ग आयोग गठन हुनुपर्छ: महिन्द्र राय यादव
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता महिन्द्र राय यादवले संवैधानिक पिछडावर्ग आयोग गठन हुनुपर्ने माग गरेका छन् ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले पिछडावर्ग समुदायका व्यक्तिहरुलाई राज्यले उपेक्षा गरेको आरोप लगाउँदै उनीहरूलाई अधिकार सम्पन्न बनाउन पिछडावर्ग आयोग आवश्यक रहेको बताए ।
नेता यादवले मधेशका पिछडावर्गहरु जागरुक नभएसम्म मधेशको मुक्ति सम्भव नरहेको समेत दाबी गरेका छन् ।
‘जुन दिन मधेशका पिछडावर्ग जागरुक हुन्छन् त्यो मात्रै मधेशो मुक्ति सम्भव हुन्छ’, नेता यादवले भने, ‘यो देशमा बहुसंख्यकरुपमा रहेका पिछडावर्गहरु आफ्नो अधिकारका लागि जारु हुनु आवश्यक छ ।’
उनले अधिकारको लडाईमा पिछडावर्गको समुदायको उल्लेखनीय योगदान रहेको जिकिर गरेका छन् । उनले पिछडावर्गका महिलाहरुलाई पनि आफ्नो अधिकारका लागि अगाडि आउनुपर्ने सुझाव दिएका छन् ।
महिलाहरु शिक्षित भए मात्र हरेक क्षेत्रमा बराबरीका लागि सहभागी हुनसक्ने बताए । उनले भने, ‘महिलाको हातमा बन्दूक आए मधेशले अधिकार पाउनेछन् ।’ सेना प्रहरीमा मधेशका महिलाको पनि सहभागिता हुनुपर्ने उनले जिकिर गरेका छन् ।
महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले राज्यले आफूहरुसँग अहिलेसम्म आठ पटक सहमति गरेको तर पालना नगरेकोले अब कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
‘राज्यले हिंसात्मक आन्दोलनको भाषा मात्र बुझ्छ’, उनले भने, ‘नेपालमा हिंसात्मक आन्दोलन गर्दा माग पूरा हुने तर शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले पूर्ण रुपमा बेवास्ता गर्दै आएको छ ।’ उनले पिछडावर्गलाई राज्यले हतियार उठाउन बाध्य पारिरहेकोसमेत गुनासो गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत