कांग्रेसका कोषाध्यक्षहरूको भेलाः ओली सरकार जनविरोधी
धादिङ । नेपाली कांग्रेसका कोषाध्यक्षहरूको भेलाले लोकतन्त्रिक मूल्य मान्यताको संरक्षणमा सजग र सचेत रहन सबैलाई आग्रह गरेको छ ।
धादिङमा शनिबार सम्पन्न भेलाले कम्युनिस्ट सरकारले जनविरोधी चरित्र देखाएको ठहर गरेको छ । सरकारका गलत क्रियाकलापविरुद्ध कडा कदम चाल्नु परेमा समेत तयार रहने निष्कर्ष कोषाध्यक्षहरूले निकालेका छन् ।
लोकतान्त्रिक संस्कार र विधि विपरित न्यायपालिका लगायतका विभिन्न व्यवसायिक क्षेत्रमाथि गरिएको हस्तक्षेप र दण्डहिनताको अन्त्यका निम्ति आवाज बुलन्द बनाउने कांग्रेस कोषाध्यक्षको भेलाले निर्णय गरेको छ ।
दुई तिहाई बहुमतको दम्भका कारण हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधले बढवा पाउने खालका अधिनायकवाद उन्मुख सरकारी गतिविधि तत्काल रोकी कानुन, विधि, मानवअधिकार र सुशासनका क्षेत्रमा देखिने काम गर्न आग्रह गरेका छन् ।
महासमिति बैठक नजिकिदै गर्दा महासमिति बैठकबाट विधान संशोधन समेत हुने भएकाले संशोधित विधानमा सुझाव पेश गर्नको लागि जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला आयोजना गरिएको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय उपाध्यक्ष एवं धादिङ जिल्लाका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले बताएका छन् ।
भेलाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सामाजिक सुरक्षा कोषसम्बन्धी गरेको निर्णय र त्यसमा जम्मा भएको रकमलाई वर्तमान सरकारले प्रचारबाजीको विषय बनाइएको टिप्पणी गरेको छ ।
कांग्रेसको नेतृत्वमा रहेको सरकारले विगतमा देश र जनताको पक्षमा गरेका निर्णयहरु एकपछि अर्को गर्दै पूर्वाग्रही ढंगबाट खारेजी र फेरबदल तथा चालु विकास निर्माणका कार्यक्रमलाई समेत बजेट बिनियोजन नगरिएको कोषाध्यक्षहरुको गुनासो छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत