क्यान्सर पीडित महिलालाई नेविसंघद्वारा आर्थिक सहयोग प्रदान
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाल विद्यार्थी संघद्वारा संकलन गरिएको आर्थिक सहयोग क्यान्सर पीडितलाई हस्तान्तरण गरेका छन् ।
नेविसंघले संकलन गरेको एक लाख ६८ हजार रुपियाँ महामन्त्री डा.कोइरालाले आफ्नै निवास महाराजगञ्जमा क्यान्सर पीडित होमकुमारी सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
बेलायत निवासी राजन खकुरेलको संयोजनमा उक्त रकम संकलन गरी नेपाल पठाइएको थियो ।
यसअघि पनि कोरियामा बस्ने नेपालीहरूले संकलन गरेको ४० हजार रुपियाँ क्यासर पीडित सापकोटालाई हस्तान्तरण गरिएको थियो ।
ब्लड क्यान्सरबाट पीडित धादिङ घर भएकी होमकुमारी सापकोटा डेढ वर्षदेखि उपचाररत छिन् । पूर्णरुपमा स्वस्थ हुन सापकोटालाई २० लाख रुपियाँ लाग्नेछ ।
Published : Sunday, 2018 December 2, 5:30 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत