कांग्रेसप्रति अपांगहरूले देखाए यति धेरै माया, अधिकार माग्न पुगे सानेपा
काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक अपांग संघले आफूहरूको प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
कांग्रेसको बैठक चलिरहेका बेला अपांग संघका सदस्यहरूले पार्टीमा आफूहरूको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने मागसहित धर्ना दिएका हुन् ।
कांग्रेसको विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति अपांग संघको आपत्ति छ । कांग्रेसको सबै तहमा आफूहरूको प्रतिनिधित्व सुुनिश्चितता गर्न माग गरिएको छ ।
अपांग संघले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि बुझाएको छ ।
अपांग संघले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरूलाई पार्टीको सबै निकायमा आफूहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए ।
कांग्रेसका युवा नेता गगन थापाले पार्टीको सबै तहमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघको माग अनुसार प्रतिनिधित्व सुनिश्चित गर्न सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।
उनले लोकतान्त्रिक पार्टी हुनुको नाताले पनि कांग्रेसले विधान संशोधन गरिरहँदा पार्टीमा आवद्ध संघको सो मागलाई सम्बोधन गरेर जानुको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।
अपांग संघले कांग्रेसको प्रस्तावित ८ वटै तहमा आफूहरूको कम्तिमा पनि २ प्रतिशत प्रतिनिधित्व हुुनुपर्ने माग राखेर धर्ना सहितको दवाव अभियान शुरु गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत