कम्युनिस्ट सरकारविरुद्ध काठमडौंमा प्रदर्शन, पूर्वमन्त्री पक्राउ
काठमाडौं । क्रिश्चियन धर्म प्रचार आइएनजिओको कार्यक्रमको विरोधमा उत्रिएका राप्रपा (प्रजातान्त्रिक)का नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्व सहायकमन्त्री विराज विष्ट पनि रहेका छन् । एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा शनिबार गरिएको विरोध प्रदर्शनमा प्रहरीले पूर्वसहायकमन्त्री विष्टसहितका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
त्यस गरी पक्राउ पर्नेमा राप्रपा (प्रजातान्त्रिक)का सहायकमहामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका पनि रहेको विज्ञप्तिमा जनाइएको छ ।
सनात धर्मावलम्बीहरूको आस्थामा चोट पुग्ने काम गरेर कम्युनिस्ट सरकारले हिन्दूत्व निषेध अभियान चलाएको राप्रपा प्रजातान्त्रिकले आरोप लगाएको छ ।
राप्रपा प्रजातान्त्रिकले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत