कांग्रेस, फोरम, राप्रपा प्रजातान्त्रिक र भारतीय नेताहरूबीच वार्ता
काठमाडौं । नेपाली कांग्रेससहितका दलका नेताहरूले भारतीय पूर्वविदेशमन्त्री यशवन्त सिंह र भारतीय जनता पार्टीका नेता एवम् अभिनेता शत्रुघन सिन्हालाई स्वागत गरेका छन् ।
काठमाडौंको बत्तीसपुतलीस्थित एक होटेलमा शनिबार भारतीय नेताद्वय सिंह र सिन्हालाई स्वागत गरिएको हो ।
कार्यक्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।
भारतीय नेताहरूले नेपालमा राजनीतिक स्थायित्व र विकासका बारेमा भैरहेको प्रगतिबाट आफूहरू खुसी भएको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, प्रदीप गिरी, नेतृ सुजाता कोइराला, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणा, महामन्त्री सुनिलबहादुर थापालगायतका नेताहरूको सहभागिता थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत