नेविसंघले तोक्यो केन्द्रीय प्रतिनिधि, काम नगर्ने नेतालाई हटाइने (सूची)
काठमाडौं । दुई महिनाभित्र १२औँ महाधिवेशन गर्ने निर्देशनसहित जीवन पाएको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले शनिबार विज्ञप्ति जारी गरेर ७७ वटा जिल्लामा केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई प्रतिनिधिका रुपमा खटाएका हुन् ।
केन्द्रबाट खटाइएका प्रतिनिधिहरूलाई ४ दिनभित्र आ–आफ्नो क्षेत्रमा गएर काम गर्न अध्यक्ष महरले निर्देशन दिएका छन् ।
१२औँ महाधिवेशनको तयारी स्वरुप केन्द्रीय प्रतिनिधिहरूले जिल्ला अधिवेशन गराउनेछन् ।
चार दिनभित्र तोकिएको जिल्ला पुगेर काम नगर्ने केन्द्रीय प्रतिनिधिको ठाउँमा अर्को प्रतिनिधि पठाइनेछ ।
नेविसंघले पुस २८, २९ र ३० गते १२औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
नेविसंघले मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन गर्ने जनाएको छ ।
मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन, पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन, पुस १४ गते ७७ जिल्ला अधिवेशन तथा पुस २० गते प्रदेश अधिवेशन गरिसक्नु पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत