कम्युनिस्टहरूबाट मौलिक अधिकारमाथि अवमूल्यनः देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी कांग्रेस भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भने, ‘कांग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि संघर्षरत रहेको पार्टी हो । उनले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोसिस भइरहेको समेत बताए ।

प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप कांग्रेसलाई सह्य नहुने देउवाले बताए ।

कांग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान भएको, शान्ति प्रक्रिया सफल भएको स्मरण गर्दै सभापति देउवाले कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताए ।

महामन्त्री डा.शशांक कोइरालाले वर्तमान सरकारले निर्वाचनमा वाचा गरेअनुसार जनतालाई सेवा प्रवाह गर्न नसकेको आरोप लगाएका थिए ।

मुलुकमा प्राकृतिक स्रोत साधनको अपार सम्भावना रहेको भन्दै अब राजनीति स्थायित्वसमेत कायम भएकाले सबै मिलेर समृद्धिको यात्रामा अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

Published : Saturday, 2018 December 1, 12:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया