कम्युनिस्ट भनेका धोका दिने गफाडी हुन्ः राजु खनाल
घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले निर्वाचनका बेला मीठा कुरा गरेर कम्युनिस्टहरूले जनताका मागलाई भुल्दै गएको आरोप लगाएका छन् ।
दाङको घोराही उपमहानगरपालिकाको सौडियारमा शुक्रबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा युवा नेता खनालले कम्युनिस्टहरूले कहिल्यै पनि जनताको पक्षमा काम नगर्ने बताए । ‘कम्युनिस्टहरूले जनताका कामलाई कहिल्यै पनि जिम्मेवारीपूर्ण रुपमा लिँदैनन्’, उनले भने, ‘कामभन्दा पनि गफ धेरै गर्छन् ।’
दाङको विकासमा नेपाली कांग्रेसले जति ध्यान दिएको थियो त्यो ध्यान कम्युनिस्ट पार्टीबाट जितेका जनप्रतिनिधिहरूले नदिएको उनले आरोप लगाए । ‘दाङको विकासमा कांग्रेसले नै ध्यान दिन्छ’, उनले भने, ‘कांग्रेसले हारेर पनि जताका लागि काम गर्छ ।’
दुई तिहाई बहुमतको सत्ताको आडमा केपी ओली नेतृत्वको सरकारको दम्भको हावा स्थानीय तहका कम्युनिस्ट पार्टीबाट जितेका जनप्रतिनिधिहरूमा देखिएको युवा नेता खननालले बताए । ‘कम्युनिस्टहरूले धेरै घमण्ड गर्नु हुँदैन’, उनले भने, ‘पाँच वर्ष वित्न धेरै लाग्दैन । यो कुरा बुझ्नुपर्छ ।’

वृद्ध भत्ता बढाएर पाँच हजार बनाएर हातहातमा ल्याइदिने केपी ओलीको चुनावी भाषणको हालत के भयो सबैले बुझेको भन्दै कांग्रेसका नेता खनालले भने, ‘कम्युनिस्टहरूले वृद्ध भत्ता अब निर्वाचनको मुखमा बढाउँछन् । उनीहरू सबै कुरा जनताको भोट तान्ने गरेर लोभ देखाउन समूह हुन् ।’
कार्यक्रममा कांग्रेसका नेताहरू भुपबहादुर डाँगी, भरतबहादुर न्यौपानेसहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत