राष्ट्रपति भण्डारी जम्बो टोलीसहित पोल्याण्ड जाने
काठमाडौं । कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको पोल्याण्ड भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीको २४औं सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सम्मेलन क्याटाविससहरमा यही मंसिर १६ देखि २८ गतेसम्म हुने जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बाँस्कोटाले राष्ट्रपति भण्डारी मंसिर १८ र १९ सम्मेलनमा सहभागी भइ सम्बोधन गर्ने बताएका छन् ।
राष्ट्रपति भण्डारीसहित वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसदहरूलगायत जाम्बो टोली मंसिर १५ मा पोल्याण्ड हिँड्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत