पीडितका आफन्तको आँशु पुच्छन पुगे विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो गृहजिल्ला झापाको शिवसताक्षीमा जलेर मृत्यु भएका एकै परिवारका आफन्तलाई भेटेका छन् ।

बुधबार भेट्न पुगेका शर्माले चारजनाको मृत्यु हुने गरी भएको आगलागी घटना नियोजित भएको दाबी गरेका छन् । ‘घटनाको प्रकृति हेर्दा नियोजित ढंगले घरमा आगो लगाएर २ जना अवोध बालबालिकासहित एक दम्पतिको हत्या गरिएको हुन सक्छ’, उनले भनेका छन् ।

आईतबार राति साढे १० बजे घरमा आगो लागेपछि लालझोडाका व्यवसायी ३४ वर्षीय लक्ष्मण खनाल, श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टीकाराम खनाल घटनास्थलमै मृत्यु भएको थियो ।

शर्माले घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रहरीसँग आग्रह गरेका छन् । घटना भएको चार दिनपछि घटनास्थलमै पुगेर कांग्रेस प्रवक्ता शर्माले घटनामा दलगत स्वार्थभन्दा माथि उठेर सरकारले अपराधीको खोजी गरी कारबाही प्रकृया सुरू गर्नुपर्ने माग गरेका छन् ।

मृतक लक्ष्मणका बुवा रामकृष्ण खनालले पनि आगलागी दुर्घटना नभई जानीबुझी घटाइएको घटना भएको बताएका छन् ।

लक्ष्मण आइतबार दिनभर ट्याक्टर लिएर खेत जोत्न गएका थिए । घरमा सुतिरहेका ड्राईभरलाई काममा पठाएर लक्ष्मण साँझ घरमै बसेका थिए । खाना खाएर लक्ष्मण आफ्नै कोठामा सुत्न गएका थिए । भने श्रीमती राधिका दुई वटा नानी लिएर सुतेकी थिइन् ।

Published : Thursday, 2018 November 29, 11:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया