महामन्त्री डा.कोइरालाको घरमा कांग्रेस नेताहरूको जमघट
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफू निकटका नेताहरूलाई निवासमै बोलाएर पार्टीका विषयमा छलफल गरेका छन् ।
डा.कोइरालाको टोखास्थित निवासमा बुधबार भएको गुटको भेलामा सभापति शेरबहादुर देउवाविरुद्ध कसरी अगाडि बढ्नेबारेमा छलफल भएको एक नेताले बताए ।
विधान, महासमिति बैठक र महाधिवेशनका बारेमा समेत लबिङ गरेका छन् । महामन्त्री डा.कोइरालाको निवासमा भेलामा कांग्रेसको विधान समयसापेक्ष हुन नसकेको बताएका छन् ।
‘विधान नै नेता अनुकुल बनाउने हो भने पार्टी किन चाहियो ? यसमा हाम्रो असहमति हो, त्यसबारे कुराकानी गर्न हामी छलफलमा जुटेका हौँ’, कांग्रेसका एक नेताले बताए ।
कांग्रेसभित्र सभापति देउवाको आलोचना बढेसँगै कोइराला परिवारका सदस्यहरू सुजाता कोइराला, डा.शशांक कोइराला र डा.शेखर कोइरालाहरूको सक्रियता ह्वात्तै बढेको छ ।
उनीहरुको सक्रियता आगामी १४औं महाधिवेशन लक्षित भएको धेरै कांग्रेस नेता कार्यकर्ताको विश्लेषण छ । उनीहरूले भने महाधिवेशनबारे अहिल्यै सोच्ने बेला नभएको बताउने गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत