युथ कांग्रेसले कम्युनिस्ट सरकारको यो व्यवस्थाको उल्लंघन गर्ने
काठमाडौं । काठमाडौमा हुन लागेको आइएनजिओको कार्यक्रम एसिया प्यासिफिक समिटलाई लक्षित गरी कम्युनिस्ट सरकारले बिहीबारदेखि लागू गरेको जोर विजोर प्रणाली युवाहरूले आपत्ति जनाएका छन् ।
युथ कंग्रेस नेपालले बुधबार विज्ञप्ति जारी गरेर बिहीबार देखि लागू हुन लागेको जोर विजोर व्यवस्थाको उल्लंघन गर्न आग्रह गरेको हो । कम्युनिस्ट सरकारले मंसिर १३ देखि १६ गतेसम्म राजधानीभित्र जोरविजोरको व्यवस्था गरेको छ । सो व्यवस्थाकोयुथ कांग्रेसले आपत्ति जनाएको छ ।
राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफूहरूलाई मान्य नभएको युथ कंग्रेसको भनाई छ ।
युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यसँग सम्वन्धित कार्यक्रमका लागि मुलुकबासीले हरेक पटक जस्तोसुकै कष्ट सहेकै हो । अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती बेहोर्ने ?’
अन्तर्राष्ट्रिय गैससले आयोजना गरेको कार्यक्रमका लागि लागू गरिएको जोर विजोर प्रणालीलाई युथ कंग्रेसले राज्यको गैरजिम्मेबार कदम भनेको छ ।
सरकारको निर्णयलाई आफूहरूले अबज्ञा गर्ने घोषणा गर्दै युथ कंग्रेसले आमजनसमुदायलाई पनि जोरविजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेको छ ।
‘जिम्मेबार राज्यले गर्न नसुहाउने, रहस्यमय, शंकास्पद र अस्वभाविक यो निर्णयको अबज्ञा गर्नुहुन हामी आम जनसमुदायमा पनि आह्वान गर्दछौ’, विज्ञप्तिमा लेखिएको छ ।
‘आफूलाई खरो राष्ट्रवादी देखाउन खोज्ने केपी ओली नेतृत्वको सरकारले गैरसरकारी संस्थाको कार्यक्रमका लागि जवरजस्त लाद्न खोजेको यस निर्णयको अवज्ञाका क्रममा हुने अप्रीय घटनाप्रति सरकार नै जिम्मेबार हुनु पर्ने चेतावनी पनि दिन चाहन्छौं’, तिमल्सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले प्रश्न गरेका छन्, ‘आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आमनेपाली जनताले किन सास्ती व्यहोर्नुपर्ने ?’ सामाजिक सुरक्षा योजनासँगै नयाँ युग सुरु भएको बताएको ओली सरकारलाई यस्ता निर्णयले गिज्याईरहेको युथ कंग्रेसको टिप्पणी छ ।
‘ओली सरकारले मर्यादा भुलेर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको चाकडीका लागि लागु गरेको जोर विजोर प्रणालीको अबज्ञा गरौँ’, विज्ञप्तिमा भनिएको छ ।
शुक्रबारदेखि १७ गतेसम्म काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटमा विभिन्न देशका विशिष्ट व्यक्तिहरू आउने भएकाले यातायात व्यवस्थापनका लागि बिहीबारदेखि १६ गतेसम्म राजधानीमा जोर गते जोर नम्मरका सवारी साधन र विजोर गते विजोर नम्मरका सवारी साधान चलाउन पाइने व्यवस्था गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत