भारतीय दूतावासभित्र जाकिर हुसेनको प्रस्तुति हेरेर यी भीभीआईहरू मख्ख
काठमाडौं । भारतका विश्व विख्यात तबलावादक जाकिर हुसेनले भारतीय राजदूतावासभित्र विशेष प्रस्तुति दिएका छन् ।
नेपालका लागि भारतीय राजदूतावासले नेपाल–भारतसम्बन्ध ७० वर्ष पुगेको अवसरमा आयोजना गरेको सांकृतिक कार्यक्रममा मंगलबार साँझ काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासको इण्डिया हाउसमा जाकिर हुसेनले झण्डै साढे दुई घण्टा प्रस्तुति दिएका हुन् ।
संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको कार्यक्रम हेर्नका लागि नेपाल सरकारका मन्त्री, न्यायाधीश, राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत एक हजार बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनलाई आनन्द कृष्णन् (मृदंगम्), सावीर खान (सारंगी), नवीन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर)का रुपमा साथ दिएका थिए ।
उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको विज्ञप्तिमा उल्लेख छ ।
उस्ताद जाकिर हुसेनले आफ्नो प्राकृतिक आधुनिक तथा शास्त्रीय तबला बादनमार्फत समस्त दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । उनको यो प्रस्तुतिलाई काठमाडौंले लामो समयसम्म सम्झी रहने भारतीय दूतावासको भनाइ छ ।
भारत–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई बरकरार रख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तरालपछि आयोजना भएको छ ।
कार्यक्रमका लागि आएका पाहुनाहरूलाई नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी र दूतावासका उच्च कर्मचारीहरूले स्वागत गरेका थिए ।

सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणा, कांग्रेसका उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा.प्रकाश शरण महत, अर्जुन नरसिंह केसी, अमरेशकुमार सिंह, राजपा नेपालका संयोजक राजेन्द्र महतो, महिन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्रनाथ खनाल, एआइजी पुस्कर कार्की, एसएसपी धिरजप्रताप सिंह, नेपाली सेनाका निवर्तमान प्रधानसेनापति रविन्द्र क्षत्री, रुक्माङगद कटुवाल, गौरव शम्शेर राणा, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल लगायतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत