गाउँमा यसरी बढाउँदै छन् कार्यकर्ताको मनोवल कांग्रेसका नेताहरू (तस्बिर)

नेपालगञ्ज । नेपाली कांग्रेसका नेताहरू संगठन सुदृढीकरण र नेता तथा कार्यकर्ताको मनोवल बढाउन गाउँगाउँमा पुग्न थालेका छन् ।

यसै क्रममा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासहितका नेताहरू बाँके जिल्लाका विभिन्न गाउँहरू घुमेका छन् ।

गाउँमा पुगेर कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गर्दै सम्झाउने गरेका हुन् । डा.कोइरालाले देश र जनताको हित नेपाली कांग्रेसले भन्दा अरु कसैले गर्न नसक्ने बताएका छन् । डा.कोइरालाले जनताको पक्षमा काम गर्न कांग्रेसका स्थानीय नेताहरूलाई निर्देशन समेत दिएका छन् ।

सोमबार पनि बाँके जिल्लाको नरैनापुरको कट्कुइँयामा कांग्रेसका अगुवा कार्यकर्ताहरूलाई डा.शेखर कोइराला, सञ्जयकुमार गौतम, युवा नेता डा.अमरेशकुमार सिंह, डा.गोविन्द पोखरेल,  दीवाकर गौतमसहितका नेताहरूले सम्बोधन गरेका छन् ।

उनीहरूले कम्युनिस्टहरूबाट डराउनु पर्ने कुनै अवस्था नरहेको बताएका छन् । कम्युनिस्टहरू निर्वाचनका बेला जनतालाई झुक्याएर भोट लगेको कांग्रेस नेताहरूले आरोप लगाएका छन् ।

‘निर्वाचनका बेला गरेको बाचालाई कम्युनिस्ट नेताहरू र सरकारले भुलेका छन्’, कांग्रेसका नेताहरूले भनेका छन्, ‘वृद्ध भत्ता पाँच हजार बनाउने भनेर केपी ओलीले पटक पटक भनेका थिए । तर, बढाएनन् । कांग्रेसले त्यो कुरालाई ध्यान दिइरहेको छ । अब बढ्यो भने कांग्रेसकै दवावका कारण बढ्न हो कम्युनिस्टहरूका कारण बढ्दैन ।’

Published : Monday, 2018 November 26, 11:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया