बिना मगरको कारबाहीमा परे यी अटेरी सचिव

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री बिना मगरको दवावमा सरकारले सचिव गजेन्द्र ठाकुरसँग विभिन्न विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सरसफाईमन्त्री ठाकुरसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

सचिव ठाकुरलाई स्वीकृति विना विदेश भ्रमण गरेको, मेलम्ची खानेपानी विषयमा पटक–पटक प्रधानमन्त्री खड्गप्रसाद ओली र खानेपानी तथा सरसफाईमन्त्री मगरलाई गलत सूचना प्रवाह गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको उच्च स्रोतले जनाएको छ ।

सचिव ठाकुरकै कारण मन्त्री मगर र प्रधानमन्त्री ओली बेलाबेला समस्याम परेको जनाइएको छ ।

भदौ १२ गते सचिव ठाकुर एउटा निजी कम्पनीको निमन्त्रणामा बेलायत भ्रमणमा गएका थिए । विदेश भ्रमण जाँदा सचिवले मन्त्रिपरिषदको स्वीकृत लिनुपर्ने प्रावधान छ ।

यसअघि पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सचिव ठाकुरसँग स्पष्टीकरण सोधिएको थियो । सचिव ठाकुरले आफू खुसी एक कम्पनीलाई रकम भुक्तानी दिएर कांग्रेस नेतृत्वको सरकारलाई फसाउन खोजेका थिए ।

Published : Monday, 2018 November 26, 8:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया