कांग्रेसका लोकप्रिय नेताको निधन, श्रद्धाञ्जलि दिन पुगे डा.शेखर, गगन र अमरेश

नेपालगञ्ज । बाँके जिल्लाको कोहलपुर नगरपालिकाको वडा नं. ६ मा नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष रामसोहन थारुलाई कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान गरिएको छ ।

वडाध्यक्ष थारुको आइतबार बिहान साढे चार बजे हृदयघातबाट निधन भएको थियो । बिहानै नुहाएर कोठामा बसेका थारुको मुटुले काम गर्न छोडेपछि निधन भएको नेपाली कांग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले जानकारी दिएका छन् ।

थारुको शवलाई नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला, युवा नेता गगन थापा, डा.अमरेशकुमार सिंहसहितका नेताहरूले चारतारे झण्डा ओढाएर सम्मानका साथै श्रद्धाञ्जलि दिएका थिए ।

नेपाली कांग्रेसका नेता थारु वडा सभापति समेत हुन् । झरेना गाउँमा घर भएका थारु स्थानीय तहमा लोकप्रिय नेता थिए ।

नेता थारुको मृत्यु भएपछि कांग्रेसले कोहलपुरमा राखेको आमसभा स्थगित भएको छ । आमसभालाई सम्बोधन गर्न आएका कांग्रेसका केन्द्रीय नेताहरू अनौपचारिक भेटघाट गरेर फर्कंदैछन् ।

कोहलपुर नगरपालिकाका १५ वटा वडामध्ये कांग्रेसले उपमेयरसहित ७ वटा वडा कब्जा जमाएको थियो ।

Published : Sunday, 2018 November 25, 10:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया