विश्वप्रकाशकै धम्कीले डरायो सरकार, ४८ घण्टाभित्रै उल्टियो निर्णय

काठमाडौं । क्रिश्चियन धर्मको प्रचार गर्ने उदेश्यले राखिएको आइएनजिओको कार्यक्रममा नेपाल सरकारलाई सहआयोजक राखेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि कम्युनिस्ट सरकार हच्किएको छ ।

क्रिश्चियन धर्मसम्बन्धी प्रचार गर्न स्थापना भएको युनिभर्सल पिस फेडेरेशन (युपिएफ)ले मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा राखेको कार्यक्रमबाट नेपाल सरकारलाई सहआयोजकबाट हटाएर सहयोगीका रुपमा राखिएको छ । क्रिश्चियन धर्म प्रचारसम्बन्धी कार्यक्रममा नेपाल सरकारलाई सहआयोजकका रुपमा राखिएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार बानेश्वरमा आकिस्मक पत्रकार सम्मेलन गरेर विरोध जनाएका थिए । शर्माले कम्युनिस्ट सरकारलाई आइएनजिओको धर्म प्रचारसम्बन्धी कार्यक्रमको कार्डमा सहआयोजकका रुपमा पाएको भन्दै व्याङ्ग्य गरेका थिए ।

आइएनजिओले आइबारबाट नेपाल सरकारलाई सहआयोजकबाट हटाइएको छ ।

नेपाली कांग्रेसले कुनै निश्चित धर्म (क्रिश्चियन)प्रचार गर्न सरकार नै सहआयोजक बसेको भन्दै कम्युनिस्ट सरकारको जवाफ मागेको थियो ।

निमन्त्रणा पत्रमा भने युपिएफको लोगोभन्दा तल नेपाल सरकारको लोगो राखिएकै पत्र वितरण गरिसकेको छ ।

आइएनजीओले सरकारलाई मातहतमा राखेर आयोजना गर्न लागेको सम्मेलनमा सरकार सहआयोजक बसेको भन्दै कांग्रेससहित विभिन्न क्षेत्रबाट विरोध भएको थियो ।

आइएनजिओको सम्मेलनको कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले क्रिश्चियन धर्म प्रचारसम्बन्धी सो सम्मेलनको अध्यक्षता गर्नेछन् ।

कोरियाली संस्था युपिएफका नेपाल अध्यक्ष परिवार दलका अध्यक्षसमेत रहेका एकनाथ ढकाल छन् । युपिएफले जलवायु परिवर्तनलगायत क्षेत्रमा सम्मेलन गर्न लागेको दाबी गरिएको छ ।

तर, सम्मेलनमा ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने रहेको स्रोतले जनाएको छ । ढकालको यो संस्थाले क्रिश्चियन धर्म प्रचार गर्न लागेको भन्दै विरोध भैरहेको छ ।

Published : Sunday, 2018 November 25, 8:06 pm

1 प्रतिकृया प्राप्त “विश्वप्रकाशकै धम्कीले डरायो सरकार, ४८ घण्टाभित्रै उल्टियो निर्णय”

  • Huda..huda..aaba..Dharma panii Becherai khane vaya…
    Vusiya Harule. ..
    (Vasa dharma sanskriti jogai rakha ..nepal.aama…jaya Nepal..
    )

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया