यी हुन् राष्ट्रपतिलाई विलासी गाडी किन्न सडकमा भिख माग्नेहरु

काठमाडौं । कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलासी गाडी खरिद गर्न १८ करोड दिएपछि विरोध भैरहेका बेला केही युवाहरुले राष्ट्रपतिलाई गाडी खरिदका लागि भन्दै राजधानीमा चन्दा संकलन गरेका छन् ।

युवा विद्यार्थीले व्याङ्ग्यातमक रुपमा एक रुपियाँका दरले भिक्षा मागेका हुन् । रुटिन अफ नेपाल बन्द नामका सामाजिक समूहले शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा उभिएर एक रुपियाँका दरले भिक्षा मागेका हुन् ।

युवाहरुले राष्ट्रपति भण्डारीलाई १८ करोडको गाडी किन्नका लागि उपस्थित सर्वसाधारणलाई एक रुपियाँका दरले भिक्षा दिन आग्रह गर्दै रकम संकलन गरेका थिए ।

समृद्धि हाम्रै पालामा १८ करोडको झापड गणतन्त्रको गालामा भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका युवाले भण्डारीलाई गाडी किन्न भिक्षा संकलन कार्यक्रम गरेका थिए ।

उनीहरुले एक रुपियाँ भिक्षा दिन उपस्थित सर्वसाधारणसँग आग्रह गर्दै आफूहरुले संकलन गरेको सबै रकम नेपाल र नेपालीको हैसियत अनुसार सकेसम्म उपयुक्त गाडी वा नभए डमी गाडी बनाएर राष्ट्रपति कार्यालयमा बुझाउन बताए ।

Published : Saturday, 2018 November 24, 6:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया