हृदयघात भएका कुन्दनराज काफ्लेको शल्यक्रिया

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयघात भएको छ ।

शुक्रबार बिहानै काफ्लेलाई हृदयघाट भएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । उनको मुटुको धमनी अवरुद्ध भएका कारण हृदयघात भएको चिकित्सकहरूले बताएका छन् ।

महामन्त्री काफ्लेका साथी एवम् विद्यार्थी नेता बलदेव तिमल्सिनाका अनुसार मुटुको धमनी अवरुद्ध भएका कारण तीन पटक हृदयघात भएको चिकित्सकहरूले जानकरी दिएको बताएका छन् ।

अवरुद्ध धमनीलाई खुलाउन चिकित्सकहरूले आकस्मिक शल्यक्रिया गरेका छन् । शल्यक्रिया सम्पन्न भइसकेको छ । काफ्लेको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको छ । महामन्त्री काफ्लेको स्वास्थ्य अवस्थाबारे चिकित्सहरूले आधिकारिक रुपमा केही भनेका छैनन् ।

महामन्त्री काफ्ले अस्पताल भर्ना भएपछि शुभेच्छुक, कांग्रेसका नेता र नेविसंघका कार्यकर्ताहरू अस्पताल परिसरमा पुगेका छन् ।

Published : Friday, 2018 November 23, 1:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया