कमल थापाले बोलाएको बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापासँग शीर्ष नेता र पदाधिकारीहरूबीच विवादले उग्ररुप लिएको छ । थापाको कार्यशैलीबाट रिसाएका नेताहरूले कार्यसम्पादन समितिको बैठक समेत बहिष्कार गरेका छन् ।

असन्तुष्ट नेताहरूले अध्यक्ष थापाले बोलाएको कार्यसम्पादन समिति बैठक बहिष्कार गरेको स्रोतले जनाएको छ । समान विचारधारा भएका पार्टीसँग एकता गर्ने निर्णयमा अध्यक्ष थापा बाधक भएको भन्दै असन्तुष्ट नेताहरूले बैठक नै बहिष्कार गरेका हुन् । अध्यक्ष थापाले बिहीबार कार्यसम्पादन समितिको बोलाइएका थिए ।

अध्यक्ष थापाले बोलाएको कार्यसम्पादन समिति बैठक बहिष्कार गर्नेहरूमा बुद्धिमान तामाङ, टंक ढकाल, दिलविकास राजभण्डारी, जयन्त चन्द र धवलशमशेर राणा रहेका छन् । कार्यसम्पादन समितिको बैठकमा यी प्रभावशाली पाँच नेताहरू अनुपस्थित रहेको थापा निकटका एक नेताले बताए ।

कार्यसम्पादनबाट अध्यक्ष थापाले जेठमा वीरगञ्जमा सम्पन्न केन्द्रीय परिषद् बैठकले पारित गरेका वैचारिक आधारस्तम्भ, रणनीति, कार्यनीति, प्राथमिकता र कार्ययोजनालाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

यो निर्णयपछि संवद्र्धनवाद राप्रपाको वैचारिक दर्शन हुनेछ । सनातन हिन्दूराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न पराराष्ट्र नीति पार्टीको राप्रपाको राजनीतिक दर्शन हुनेछ ।

राप्रपाले संविधानको उपयोग र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति अवलम्बन गर्नेछ । राप्रपाले हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि फागुन ७ गते देशव्यापी जनसंघर्ष गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2018 November 23, 11:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया