नेकपाको सचिवालय बैठकमा यी विषयमा छलफल
काठमाडौं । कम्युनिस्ट सरकारका काम र पार्टी एकता प्रकृयाबारे छलफल गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको बैठक पार्टी एकताका विषयमा छलफल मात्र गरेर टुंगिएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनै पनि निर्णय नभएको बताए ।
वैठकमा पार्टीको प्रदेशमा रहनेहरूको नाम र केन्द्रीय समितिको कार्यविभाजन गर्ने विषयमा टुंगो लगाउन बनेको महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदलले आफ्नो प्रस्ताव पेस गरेको थियो ।
नेकपाको प्रदेश कमिटीमा २ सय सदस्य रहने प्रस्ताव कार्यदलले गरेको छ । सचिवालयको बैठक शुक्रबार पनि बस्नेछ ।
बैठकले प्रदेश संगठनमा कति र को–को रहने भनेर अन्तिम प्रस्ताव तयार गर्ने, सांगठनिक एकताका सबै प्रकृयाका बारेमा टुंगोमा पुग्ने, केन्द्रीय समितिको कार्यविभाजन गर्ने लगायतका विषयमा निर्णय गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत