कांग्रेसको केन्द्रीय कार्यालयमा निःशुल्क वाईफाई, पासवर्ड हाल्नै नपर्ने

काठमाडौं । नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा वाईफाई फ्रि बनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय कार्यालय परिसरमा अबदेखि सबैले निःशुल्क वाईफाई प्रयोग गर्न पाउने बताए । ‘पूर्ण क्षमताको वाईफाई जडान गरिएको छ’, उनले भने, ‘केन्द्रीय कार्यालय परिसरभित्र प्रवेश गर्ने वित्तिक वाईफाई आफै चल्नेछ ।’

यदि वाईफाईले पासवर्ड माग्यो भने पनि कांग्रेस केन्द्रीय कार्यालयले ठाउँठाउँमा यूजर नाम र पासवर्ड लेखेर टाँसिदिएका छन् ।

सत्तारुढ दलको मुख्यालय र सरकारी कार्यालयहरूमा समेत निःशुल्क वाईफाईको व्यवस्था नभइरहेका बेला नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता र नेताहरूको सुविधाका लागि वाईफाईको व्यवस्था गरेको हो ।

नेपाली कांग्रेसलाई प्रविधि मैत्री पार्टी बनाउने उदेश्यले पनि वाईफाई निःशुल्क गरेको एक कर्मचारीले बताए ।

कांग्रेसले आफ्नो केन्द्रीय कार्यालयलाई मात्र नभई जिल्लामा रहेका कार्यालयहरूमा पनि सम्भव भएसम्म निःशुल्क वाईफाईको व्यवस्था गर्न मातहतलाई निर्देशन दिएको छ ।

Published : Thursday, 2018 November 22, 6:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया