गगनले दिए सरकार चलाउन ओलीलाई मन पर्ने ‘टिप्स’

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली बरालिएकाले परिणाम नआएको नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले बताएका छन् ।

कैलालीको धनगढीमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्री ओली अलमलिएको बताए । उनले ओली बरालिएको र फोकस हुन नसकेको आफूले पाएको बताए ।

‘प्रधानमन्त्रीको नियतमा अहिले नै म शंका गर्दिन’, युवा नेता थापाले भने, ‘मन्त्री र सचिवहरूको बैठक हेरेँ, मलाई रिजल्ट देउ भनिराख्नु भएको छ । रिजल्ट कसरी ल्याउने भन्ने थाहा नै पाइराख्नु भएको छैन ।’

कांग्रेसका युवा नेता थापाले भने, ‘प्रधानमन्त्री ओली राम्रो गर्न चाहनुहुन्छ, बाटो चाँडो बनाउन चाहनुहुन्छ, विद्युत उत्पादन गर्न चाहनुहुन्छ । चाहना ठीक छ । तर के ग¥यो भने त्यो पूरा हुन्छ भन्ने बुझ्नु भएन ।’

कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि नेता थापाले आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षको रुपमा सरकारलाई सहयोग गरेको तर, आजश्यकताअनुसार दबाव सिजर्ना गर्न नसकेको थापाले बताए ।

सभापतिमात्र होइन, दलका दोस्रो तेस्रो तहका नेताहरुले पनि संसदमा उभिएर सरकारलाई प्रश्न गरेको आफूले नपाएको थापाले बताए । सांसद थापाले भने, ‘नेताले के भनिरहेको छ, के गरिरहेको छ, त्यसआधारमा दृष्टिकोण बन्छ । त्यसरी हेर्दा प्रतिपक्षी दलदका रुपमा सशक्त भूमिका खेल्न सकेको छैन ।’

Published : Thursday, 2018 November 22, 12:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया