भरतपुरमा प्रचण्डलाई फूल र खादाले थिचेपछि… (भिडियो)

भरतपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खादा र फूलको मालाले गर्दा बसेको कुर्सीबाट उठ्न समस्या भएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनपछि उठ्ने क्रममा दाहाललाई हम्मेहम्मे परेको थियो । पत्रकार सम्मेलनभरि दाहालले खादा र फूलको माला लगाइरहेका थिए ।

अनुहार नै छोपिने गरेर दाहाललाई कार्यकर्ता र शुचेच्छुकहरूले खादा र फूलको माला लगाइदिएका थिए । प्रचण्ड महिनाको एक पटक चिताउन आउँछन् । उनलाई यसै गरी कार्यकर्ता र शुभेच्छुकहरूले फूलको माला र खादा लगाइदिने गरेका छन् ।

भरतपुरका एकजना खादा र फूल व्यापारीले ठट्यौली शैलीमा भने, ‘प्रचण्डजी दिनदिन आए जस्तो लाग्छ । फूल र खादा बिक्री भएर फाइदा हुन्थ्यो कि ?’

(भिडियो प्रचण्डको फेसबुक पेजबाट साभार)

Published : Wednesday, 2018 November 21, 8:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया