गगनलाई देखेपछि निर्मलाका बुबाआमाको आँखा रसायो, थामिएन मन

महेन्द्रनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले गृहमन्त्रीमा रामबहादुर थापा हुँदासम्म निर्मला पन्तका दोषीलाई कारबाही नहुने बताएका छन् ।

महेन्द्रनगरमा बुधबार आयोजित कार्यक्रममा कांग्रेसका युवा नेता थापाले कम्युनिस्ट गृहमन्त्री थापकै कारण निर्मला पन्तको हत्याकाण्डले छानविन पनि निष्कर्षमा नपुग्ने दाबी गरेका हुन् ।

‘गृहमन्त्री रामबहादुर थापाका कारण सयौं निर्मलाका बुवाआमाहरूमाथि कालो बादलका रुपमा मडारिरहेको छ’, उनले भने ।

‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ’, कांग्रेसका नेता थापाले भने, ‘एक–डेढ महिनायता भैरहेका एकपछि अर्को घटनामा गृहमन्त्रीले राख्दै गरेको कुराहरू सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरूमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा मडारिनुभएको छ ।’

‘यो कालो बादल नहटुन्जेलसम्म पानी पर्नेवाला छैन’, थापाले भने, ‘पानी नपरेसम्म समाजका फोहोरहरू सफा हुँदैनन् ।’

उनले देश अपराधसँग लड्न खोजिरहेका बेला गृहमन्त्रीले मात्र नभई जनताले समेत हारेको बताएका छन् ।

‘बादललाई जिम्मेवारीबाट हटेर राजनीतिक पूर्वागृह नराखेर आमरुपमा जनतालाई फेरि पनि यो सरकारले शान्तिसुरक्षा दिनसक्छ भन्ने कुराको विश्वास निर्माण गर्न माग गर्छु’, कांग्रेसका युवा नेता थापाले भने, ‘उहाँका निम्ती निजी दुःखद् घटना होला’, उनले भने, ‘जनताको विश्वास जोडिने अवस्था आउँछ ।’

यसैबीच, कांग्रेसका युवा नेता थापा निर्मला पन्तका बुवाआमालाई धर्नास्थल पुगेर भेटेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि धर्नास्थल पुगेका थापाले सरकारको नेतृत्व गरेकाहरूले नै निर्मला हत्या प्रकरण हलुका ढंगले लिएको बताए ।

निर्मलाको न्यायका निम्ती कम्युनिस्ट सरकार र प्रतिपक्ष दलका नेताहरूलाई भेटेर दवाव दिने आश्वासन दिए । थापाको आश्वासनपछि निर्मला पन्तका बुबाआमाले केही आश पलाएको बताएका थिए ।

Published : Wednesday, 2018 November 21, 7:24 pm

1 प्रतिकृया प्राप्त “गगनलाई देखेपछि निर्मलाका बुबाआमाको आँखा रसायो, थामिएन मन”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया