देउवा र डा.कोइरालाबीच विराटनगरमा छुट्टै वार्ता

विराटनगर । विराटनगरको जेनियल होटेलमा बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्य डा. शेखर कोइरालाले छुट्टै भेटेका छन् ।

होटलमा पार्टी सभापतिसँग भेटघाट गर्न पुगेका कोइरालाले पार्टीको गतिविधिको विषयमा छलफल गरेको बताए । उनले भने, ‘पार्टीका गतिविधिकै विषयमा छलफल भयो ।’

देउवा पार्टीले विराटनगरमा आयोजना गरेको प्रदेश १ स्तरीय छलफलमा सहभागी हुन आएका हुन् ।

महासमितिमा पेश हुने राजनीतिक विषयबारे पार्टीले सुझाव लिन छलफल आयोजना गरेको पार्टीका मोरङ सभापति डिगबहादुर लिम्बूले बताए ।

Published : Tuesday, 2018 November 20, 11:31 am

1 प्रतिकृया प्राप्त “देउवा र डा.कोइरालाबीच विराटनगरमा छुट्टै वार्ता”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया