कोइरालाहरू मिले जस्तै कांग्रेसपनि एक ढिक्का हुन्छः देउवा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्रकै कोइरालाहरू मिलेजस्तै पार्टी पनि एक ढिक्का हुने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले मंगलबार बिहान विराटनगरमा गरेको पत्रकार सम्मेलन सभापति देउवाले कोइराला परिवारमा झगडा सकिए झैं कांग्रेसमा पनि झगडा सकिने बताए ।
‘उहाँहरू मिलेजस्तै कांग्रेस पनि अब एक ढिक्का हुन्छ । मेरो प्रयास पनि यही हो’, देउवाले भने, ‘परिवार मिल्नु, गाउँ मिल्नु र जिल्ला मिल्नु झन् राम्रो हो ।’
‘कोइरालाहरू एक हुँदा म अत्तालिएको छैन’, देउवाले भने, ‘यो मिलनले अब पार्टी पनि मिल्छ भन्ने संकेत दिएको छ ।’ डा. शेखर कोइराला पनि सभापति देउवाकै छेउमा बसेका थिए ।
सभापति देउवाले कांग्रेसभित्र नेताहरूबीच नै बोलचालसमेत नहुने गरेको सुनेर आफू पनि छक्क परेको बताए । उनले भने, ‘कुन घरमा झगडा छैन् ? एउटै घरमा त झै–झगडा हुन्छ भने पार्टी पनि एउटा ठूलो जीवन भएको संस्था किन हुँदैन ?’
कोइरालाको घरमा भएको झगडा सकिए झैं अब कांग्रेसभित्रको पनि सकिने बताउँदै उनले पार्टीमा मतभेद हुनु सामान्य भएको बताए । पार्टी संचालन गर्नु कठिन काम भएको देउवाले बताए ।
देउवाले कांग्रेसमा रहेको समूह, उप–समूह, उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताए । उनले मिलाउने प्रयासमा लाग्दा हायल कायल भएको बताए ।
फोरम लोकतान्त्रिकलाई कांग्रेसमा मिलाउने क्रममा उप–सभापति मनोनयन गर्नु राजनीतिक निर्णय भएको सभापति देउवाले बताए । उनले उपसभापति मनोनयन गर्दा आफूले विधान नमिचेको बताए । ‘मैले सकेसम्म मिलाउने प्रयास गरेको छु’, उनले भने, ‘यो राजनीतिक निर्णय हो ।’
नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै सभापति देउवाले महासमिति बैठक नसर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत