युगपुरुष गिरिजाप्रसादको कालो कुर्सीमा शानसँग बसे डा.कोइराला
विराटनगर । लामो समयदेखि सुनसान रहेको विराटनगरस्थित कोइराला परिवारको निवासमा आइतबार फरक माहोल र खुसीयाली देखिएको छ ।
युगपुरुष गिरिजाप्रसाद कोइरालाको निधनपछि चहलपहल नरहेको कोइराला निवासमा आइतबार बिहानैदेखि नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।
डा.शशांक कोइराला, सुजाता कोइराला र डा.शेखर कोइराला एक साथ निवासमा देखिएपछि विराटनगरका कांग्रेसीहरुमा खुसीयाली छाएको थियो ।
कोइराला निवासको पुरानो कौसीमा राखिएको कालोकुर्सीमा बसेका डा.शेखरले दायाँतर्फ सुजाता र बाँया डा.शशांकलाई राखेर सञ्चो, बिसञ्चो सोधेका थिए । कार्यकर्ताहरुले कौसी भरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गिरिजाप्रसाद कोइराला बस्ने कालो कुर्सी यसपटक भने डा.शेखर कोइराला बसेका थिए । केही समयको कुराकानीपछि डा.शेखर, डा.शशांक र सुजाता कोइराला खाना खान कृष्णप्रसाद कोइरालाले बनाएको घरतर्फ प्रस्थान गरेका थिए । उनीहरुले एउटै टेबलमा बसेर खाना खाएका थिए ।
सुजाता कोइरालाले बनाएको नयाँघरको प्राङगणमा आयोजित जीपी फाउण्डेसनको प्रदेश कार्यालय उद्घाटन समारोहमा तीनजना प्रमुख अतिथि बनेका थिए । उनीहरुलाई नेता तथा कार्यकर्ताले एक हुन आग्रह गर्दै एउटै मालासमेत लगाइदिएका छन् ।
महामन्त्री डा.शंशाक कोइरालाले बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले सबैको अधिकार स्थापना गर्नका लागि लडेको स्मरण गरे । उनले आफूहरूमध्ये कसैलाई सभापति बनाउनेभन्दा पनि आफू हुन्छु भनेर अगाडि आउन कार्यकर्तालाई आग्रह गरे ।
महामन्त्री डा.कोइरालाले बीपी कोइरालाले त्यो बेला पर्शुनारायण चौधरीलाई भावी प्रधानमन्त्रीका रुपमा चुनावमा अघि सारेको स्मरण गराउँदै अब सभापति जोपनि बन्न सक्ने बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीमा संकट आएको बताए । उनले तीनजना मिलेर कांग्रेसलाई संकटबाट पार लगाउने बताए । उनले कार्यकर्ताहरुलाई साथ दिन आग्रह गरेका छन् ।
कांग्रेस नेतृ सुजाता कोइरालाले भने आफूहरुको एकता पदको लागि नभएर पार्टी जोगाउन भएको बताइन् । उनले आफूहरुबीच कहिल्यै विवाद नरहेको बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत