दाङमा गुमेको कांग्रेसको साख फिर्ता गरिने, राप्तीमा भेला भए नेता-कार्यकर्ता
देउखुरी । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले कार्यकर्ता भेलाको आयोजना गरेर संगठन सुदृढीकरणको अभियान चलाएको छ ।
नेपाली कांग्रेस दाङको क्षेत्र नं. २ को हर्सेडाँडामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय नेताहरूले संगठन सुदृढीकरणमा जोड दिए । उनीहरूले कम्युनिस्टहरूका दब्दबारहेका बेला कांग्रेसले नै जनताको पक्षमा आवाज उठाउने बताएका हुन् ।
विगतको निर्वाचनको परिणामलाई आत्मसाथ गर्दै कांग्रेसले आगामी रणनीति बनाउन पनि सुझाव आएको छ । कांग्रेस जिल्ला कार्यसमिति सदस्य हरि भुसालका अनुसार गाउँमा प्रवेश गरेर कांग्रेसका पक्षमा जनतालाई जागरुक गराइने बताए ।
स्थानीय नेताहरूले दाङ जिल्लाको मत परिणामलाई सिकाई मानेर अगाडि बढ्नु पर्ने भन्दै जनताले दिएको म्याण्डेटलाई सबैले आत्मसात गर्नुपर्ने बताए ।
उनीहरूले आगामी दिनमा दाङलाई कांग्रेसको किल्लाको रुपमा पुनः स्थापित गर्ने दायित्व कांग्रेसका नेता र कार्यकर्ताको काँधमा आएको बताए । उनीहरूले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले गुमाएको वर्चश्वलाई अर्को निर्वाचनमा जीवित गर्ने प्रण पनि स्थानीय कांग्रेसी नेताहरूले लिएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति गिरिराज सुवेदीको सभापतित्व भएको कार्यकर्ता भेटघाट कार्यक्रममा राप्ती गाउँपालिकास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङ जिल्ला सभापति कृतिबहादुर खड्का, पूर्वसभापति वीरकेश्वरी गौतम, पूर्वसांसद कृष्णकिशोर घिमिरे, बुद्धिराम भण्डारी, सुशीला चौधरी, नुमान्द सुवेदी, जगदम्वाकुमारी चौधरी, जिल्ला सचिव शंकर डाँगी, कमलकिशोर घिमिरे, लालमहोमद मियाँ लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत