दुई दाजुभाईबीच को नेतृत्वमा जाने भनेर सल्लाह भैरहेको छः डा.कोइराला
नवलपुर । प्रमुख विपक्षी दल नेपाली कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले गुट र उपगुटले पार्टी ध्वस्त भएको बताएका छन् ।
नवलपरासीमा शुक्रबार आयोजित कार्यक्रममा डा.कोइरालाले गुटविहीन कांग्रेस बनाउन आफू लागिपरेको बताएका हुन् । ‘मेरो चाहना गुटरहित कांग्रेस हो’, उनले भने, ‘आउँदो महाधिवेशनको समयमा नेतृत्वमा आउन गुट आवश्यक रहेपनि महाधिवेशनपछि गुट, उपगुट रहँदैन ।’
कांग्रेस महामन्त्री डा.कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा आफू नेतृत्वमा आउन जिल्ला–जिल्लामा छलफल सुरु गर्ने बताए ।
डा.कोइरालाले आफ्नो परिवारमा उम्मेदवारीका बारेमा विवाद नदेखाउन दाजु डा.शेखर कोइरालासँग सभापतिको नेतृत्वमा को जाने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए ।
‘सुजाता कोइरालाको स्वास्थ्यले कांग्रेस नेतृत्वको लागि त्यति साथ दिएको अवस्था छैन’, महामन्त्री डा.कोइरालाले भने, ‘अहिले दाजु डा.शेखर कोइरालासँग सरसल्लाह भइरहेको छ ।’
उनले प्रतिनिधिसभा, प्रदेश र स्थानीय तह निर्वाचनमा कांग्रेस गुटउपगुटका कारण पराजित भएको विश्लेषण आफ्नो रहेको बताए । ‘कम्युनिष्टलाई जनताले विश्वास गरेका होइनन्’, डा.कोइरालाले भने, ‘कांग्रेसको गुट र घातले पराजय भोगेको मैले बुझेको छु ।’
1 प्रतिकृया प्राप्त “दुई दाजुभाईबीच को नेतृत्वमा जाने भनेर सल्लाह भैरहेको छः डा.कोइराला”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

good adi condersssle kunei pani haltma yek hunu ramro ho ab aune dinma falana deuba falana ramchandra vaner hoina hami sabei congersss ak hou vaneko sunna pau jay nepal jay congress..