कम्युनिस्ट प्रधानमन्त्रीलाई कांग्रेसले दियो यस्ता यस्ता आलांकारिक पदहरू
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रभावशाली नेता अर्जुननरसिंह केसीले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली निरंकुश बन्दै गएको बताएका छन् ।
रिपोर्टर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा नेता केसीले प्रधानमन्त्री ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाए । ‘प्रधानमन्त्रीले कामभन्दा बढी कुरा गर्नुभयो’, उनले भने, ‘आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ । उहाँमा सत्ता र शक्तिको उन्माद देखियो ।’
केसीले भने, ‘प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहादुर बन्ने आकांक्षा तीव्र रुपमा विकसित भएको छ ।’ कम्युनिस्ट सरकारको ९ महिने कार्यकाल पुग्न अब चार दिन मात्रै बाँकी छ’, उनले भने, ‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुठको पुलिन्दा बाँड्यो । अहिले काम गर्न सकेको छैन् ।’
ओलीले २५ अर्बभन्दा माथिका परियोजनाहरू आफू मातहात केन्द्रित गरेकोमा पनि कांग्रेस नेता केसीले आपत्ति जनाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत