एक्लिदै गयो कम्युनिस्ट सरकार, प्रम कार्यालय नजिकै प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मुलुकमा बढ्दै गएको बलत्कार, हत्या, महंगी लगायतको विरोध गर्दै कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

काठमाडौंको बबरमहलमा भेला भएका विद्यार्थीले सरकारविरुद्ध नारा जुलुससहित माइतीघरमण्डलामा पुगेर कोणसभा गरेका थिए ।

कोणसभालाई संगठनका अध्यक्ष महेशबहादुर सिंह, महासचिव ज्योति तिमिल्सिना, सहायक महासचिव अभिविन्द खनियाँ, केन्द्रीय सदस्य त्रिविक्रम सिंह, काठमाडौं जिल्ला अध्यक्ष नेल्सन घलान लगायतले सम्बोधन गरेका थिए ।

कोण सभामा बोल्ने विद्यार्थी नेताहरूले देशमा बलत्कार, हत्याका श्रृंखला बढी रहँदा पनि कम्युनिस्ट सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै आलोचना गरे ।

उनीहरूले दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गरेका छन् । विद्यार्थी नेताहरूले अपराधी संरक्षण गरेको आरोप लगाए ।

विद्यार्थीले कम्युनिस्ट सरकारको संरक्षणमा सीके राउतले राष्ट्र विखण्डनको नारा लगाउने गरेको आरोप लगाए । आक्रोशित विद्यार्थीले विखण्डनकारी सीके राउतको पुत्ला समेत जलाएका थिए ।

Published : Wednesday, 2018 September 26, 5:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया