३३ किलो सुनकाण्ड नसेलाउँदै काठमाडौंमै अर्को काण्ड

काठमाडौं । ३३ किलो सुनकाण्ड सेलाउन नपाउँदै काठमाडौं प्रहरीले तस्करीको तीन किलो सुन बरादम गरेको छ ।

रसुवाको केरूङ नाका हुँदै आएको सुनसहित प्रहरीले दुई जना भरियालाई पनि पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाका अनुसार पक्राउ पर्नेमा रसुवा गोसाइकुण्ड गाउँपालिका १ घर भएका २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका छन् ।

प्रहरीले भदौ २३ गते गोरखा प्रहरीले १० किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको थियो ।

Published : Tuesday, 2018 September 25, 5:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया