यौनप्यास मेटाउन यी युवतीलाई…
काठमाडौं । देशका विभिन्न स्थानमा अपराधका घटना भइरहेका बेला काठमाडौंमा अर्को बलात्कारकाण्डको घटना सार्वजनिक भएको छ ।
काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीया मानसिक सन्तुलन ठीक नभएकी युवती बलात्कृत भएकी छिन् । मानसिक रोगी युवतीलाई दावा तामाङले ग्रिल पसलमा लगेर बलात्कार गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त बौद्धले युवती बलात्कारको अभियोगमा सोलुखुम्बुका तामाङलाई पक्राउ गरेको जनाएको छ । तामाङले पनि युवतीलाई ग्रिल पसलमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् ।
युवती चर्चबाट फर्किँदै गरेको बेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङले मादक पदार्थ सेवन गरेको तालमा युवतीलाई बलात्कार गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
Published : Monday, 2018 September 24, 8:33 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत