अधिनायकवादको विरोध गर्ने यी हुन् कांग्रेसका लडाकु नेताहरू
वीरगञ्ज । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले कम्युनिष्ट शासन ल्याउनकै लागि दुईतिहाइको सरकार बनाएको आरोप लगाएका छन् । उनीहरूले कम्युनिस्ट सरकारलाई अधिनायकवाद ल्याउन नदिने चेतावनी दिएका छन् ।
नेपाल प्रेस युनियन पर्साको नवौं जिल्ला अधिवेशनको सोमबार वीरगञ्जमा उद्घाटन गर्दै कांग्रेसका नेताहरूले अधिनायकवाद ल्याउने योजना सफल हुन नदिने बताए । ‘कम्युनिस्ट सरकारलाई लोकतन्त्र धरापमा पारी कम्युनिष्ट शासन ल्याउन खोजेका छन्’, नेताहरूले भनेका छन्, ‘कम्युनिष्ट शासन ल्याउन सरकार र सरकारमा रहेका दलहरूले वातावरण बनाइरहेका छन् ।’
कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले संघीयतालाई असफल पारेर लोकतन्त्र धरापमा पारी कम्युनिस्ट शासन ल्याउन दुर्इतिहाइको सरकार बनाइएको आरोप लगाए । उनले भने, ‘न्यायालय, सुरक्षा निकाय र सञ्चार जगतमाथि हस्तक्षेप गरेर मुलुकमा कम्युनिस्ट शासन ल्याउने खेलमा वर्तमान सरकार र सत्तारुढ दल लागि परेका छन् ।’ लोकतन्त्र र संघीयता दुवै अहिले खतरामा रहेको पनि उनको टिप्पणी थियो ।
कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले दुई तिहाइको सरकारको अधिनायकवाद र तानाशाही प्रवृत्तिका कारण लोकतन्त्र नै धरापमा परेको टिप्पणी गरे । उनले भने, ‘यो सरकारको पक्षमा दुईतिहाइ बहुमत पुगाउनुको पछाडि अर्कै कुनै शक्तिको हात छ, त्यसको भण्डाफोर कांग्रेसले गर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत