पूर्वअर्थमन्त्रीले खोलिदिए ओली सरकारको भ्रष्टाचारको कुण्डली

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली रमाइलो गर्न अमेरिका गएको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री डा.लोहनीले परराष्ट्रमन्त्री गए पुग्ने बैठकमा भाग लिन प्रधानमन्त्री ओली गएको बताए । राष्ट्रसंघको महासभा बैठकमा प्रधानमन्त्री आफै जानु पर्ने बाध्यता नरहेको उनको भनाइ थियो ।

‘अमेरिकामा १३ दिन बस्ने मौका पाएपछि भ्रमण गर्नु उहाँको शोख होला’, उनले भने, ‘बाहिर गएर रमाइलो गरौँ भन्ने होला ! प्रधानमन्त्री ओली कोष्टारिका जाने भनेको नेपालीको पैसा सिध्याउन जाने हो ।’

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिद्धान्त विहीन पार्टी भएको डा.लोनीले आरोप लगाए । ‘नेकपा भन्ने नयाँ पार्टी आएको छ । यसको कुनै सिद्धान्त छैन’, उनले भने, ‘नेकपाले राजनीतिलाई व्यापार बनाएको छ । पैसा कमाउने काम हो । नेताहरू पैसा कमाउन लागेका छन् ।’

प्रधानमन्त्री ओली आफैले नेपाल टेलिकमका अध्यक्ष दिगम्वर झालाई अयोग्य घोषणा गरेर दुई पहिनापछि योग्य छ भन्दै अध्यक्षको पुनः जिम्मेवारी दिएकोप्रति पूर्वअर्थमन्त्री डा.लोहनीको व्याङ्ग्य थियो । ‘ओलीजी आफैले अयोग्य घोषणा गरेको मान्छे दुई महिनापछि यो छ भनेर नियुक्ति गर्नुभएको छ’, उनले भने, ‘लेनदेनको सरकार हो । यो सरकार विक्रीमा छ ।’

ठूला दलका ठूला नेताहरू मिलेर एनसेललाई ४० अर्ब छुट दिएर भ्रपष्टाचार गरेको आरोप उनले लगाए ।

‘नेपाली जनताको आउने पैसा लुटेका छन् । एनसेललाई छुट दिएका छन् । भ्रष्टाचार बढेको छ’, उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने क्षेत्रलाई कमजोर बनाइएको छ । न्यायालय र अख्तियारलाई महाभियोग लगाउँछु भनेर डर त्रास देखाइएको छ ।’

Published : Sunday, 2018 September 23, 1:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया