ट्रकसँग ठोक्किदा दाङको बस सडकबाट खस्यो
कावासोती । नवलपुर जिल्लाको मध्यविन्दुमा दाङ जाँदै गरेको यात्रु बाहक बस दुर्घटनामा परेको छ । विपरित दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किदा बसमा सवार ३२ यात्रु घाइते भएका हुन् ।
शुक्रबार बिहान १ बजे मध्यविन्दु नगरपालिकाको वडा नं. ११ कुसुण्डेमा भएको सवारी दुर्घटनामा ३२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट दाङ जाँदै गरेको ना ६ ख ९२८ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नम्बरको भारतीय ट्रक एक आपसमा ठक्कर खाएका थिए ।
ट्रकको ठक्करबाट यात्रुवाहक बस सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीको छ ।
वसमा सवार झण्डै ६५ जना यात्रुमध्य १३ जना घाइतेहरूलाई उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको छ ।
१९ जना घाइतेहरूको स्थानीय मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भैरहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । दुबै सवारी साधनका चालकहरू फरार छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत