अध्यक्ष राणाको शल्यक्रिया, स्वास्थ्य सामान्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाको भारतको राजधानी नयाँदिल्लीमा शल्यकृया भएको छ ।

दिल्लीस्थित एपोलो अस्पतालमा अध्यक्ष राणाको सफल शल्यक्रिया भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

केही दिन नयाँदिल्लीमा आराम गरेपछि मंगलबार नेपाल फर्कने कार्यक्रम रहेको छोरी देवीयानी राणाले बताएकी छिन् ।

यसैबीच विभिन्न दलका नेताहरूले अध्यक्ष राणाको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा.प्रकशचन्द्र लोहनी, नेकपा (माले)का महासचिव राधाकृष्ण मैनाली, राप्रपा (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दीपक बोहोरा, उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री ध्रुबबहादुर प्रधान, महामन्त्री सुनिलबहादुर थापा, कोषाध्यक्ष निलकण्ठ काफ्ले, पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्तालगायतका नेताहरूले अध्यक्ष राणाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Published : Thursday, 2018 September 20, 8:34 pm

1 प्रतिकृया प्राप्त “अध्यक्ष राणाको शल्यक्रिया, स्वास्थ्य सामान्य”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया