यी भक्तले गरे ‘अरिंगाल’को बचाउ, कांग्रेससँग डरायो ओली सरकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने बताएका छन् ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा भट्टराईले कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको ब्याङ्ग्य गर्दै अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुने बताए । ‘त्यसकारण अरिङ्गाल औषधि हो’, उनले भने ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारका विरोधीहरूविरुद्ध अरिङगाल झै जाइलाग्न निर्देशन दिएका थिए ।

ओलीकै निर्देशनअनुसार नेता भट्टराईले कांग्रेसविरुद्ध अभिव्यक्ति दिएका हुन् । कांग्रेसको आलोचनाबाट डराउँदै आएका ओलीले आफूलाई बचाउ गर्न अरिंगालको कुरा ल्याएको आरोप छ ।

नेकपाका नेता भट्टराईले प्रसंगवश आएको शब्दको पछाडि लाग्न नहुने बताए । ‘प्रसंगवश आएका कतिपय कुराहरूलाई मुख्य धारणा बनाउने हो भने फसिन्छ’, उनले भने, ‘यस्ता शब्दकै पछि लाग्ने हो भने धेरै भाषण गर्न सकिन्छ ।’

Published : Wednesday, 2018 September 19, 8:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया