यी हुन् सरकारी क्याम्पसको सामान गायब पार्ने प्रध्यापकहरू

काठमाडौं । २७ जना प्रध्यापकहरू २६ वर्ष अगाडि दिएको राजीनामा अहिलेसम्म स्वीकृत नभएको रहस्य बाहिर आएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकको राजीनामा २६ वर्षदेखि स्वीकृत हुन नसकेको हो । २७ जना प्रध्यापकहरूले ०४९ मा राजीनामा दिएका हुन् ।

जिम्मेवारीमा हुँदा लगेका सामानको बुझबुझारथ नगरेका कारण राजीनामा स्वीकृत नभएको हो ।

राजीनामा स्वीकृत नहुनेमा इच्छाराज तामाङ, डा.प्रज्ज्वललाल प्रधान, मनोजकुमार पाण्डे, डा.जिष्णुकुमार सुवेदी, डा.इन्द्रराज हुमागाइँ, राजेन्द्र राजभण्डारी, बिरेस शाह, विनयकुमार भण्डारी, डा.विष्णुप्रसाद भट्टराई, विनोद केसी, विनोद बैद्य छन् ।

दीपेन्द्रराज सुवेदी, डा.कमल रिजाल, शिवओम बादे श्रेष्ठ, पुरुषोत्तमराज काफ्ले, डा.गुणराज पौडेल, डा.होमनाथ ढकाल, निशा धौभडेल, कृष्णप्रसाद कायस्थ, द्रोणराज घिमिरेको पनि राजीनामा स्वीकृत भएको छन् ।

राजेन्द्रदेव अधिकारी, केशवलाल श्रेष्ठ, दीपेन्द्र मल्ल, किरणराज जोशी, नारायणप्रसाद काफ्ले, दीपेन्द्र पोखरेल र विजयराज भट्टराईको पनि राजीनामा स्वीकृत भएको छैन ।

Published : Wednesday, 2018 September 19, 11:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया