दाङ दरबन्दी भएका प्रहरीको शव मकैबारीमा भेटियो
वीरेन्द्रनगर । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकामा प्रहरी जवान अमर बोहरा मकैबारीमा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान बोहोरा मृत अवस्थामा सोमबार फेला भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट घर विदामा गुर्भाकोट आएका बोहोरा तीन दिनपछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरले जानकारी दिए ।
‘तीन दिनदेखि विदा लिएर घर नपुगेका बोहरा मृत भेटिएका छन्’, रजौरेले भनेका छन्, ‘हत्या भएको जस्तो कुनै शंकास्पद देखिएको छैन् ।’
आवश्यक अनुसन्धानका लागि बोहराको शव पोष्टमार्टनका लागि पठाइएको छ । बोहोराको अनुहारमा निलो डाम जस्तो देखिन्छ छ । शरीरमा चोटपकट देखिएको छैन् ।
Published : Monday, 2018 September 17, 8:33 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत