नेपाली सेनाका जवानलाई खुट्टामा गोली लाग्यो

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एकजना सैनिक जवानलाई गोली लागेको छ ।

गोली लागेर घाइते भएका सैनिक जवानको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छन् । घाइते सैनिकको नाम खुलाइएको छैन ।

भदौ ३० गते स्थानीय समयअनुसार बिहान साढे आठ बजे सैनिक जवानको गोडामा गोली लागेको थियो ।

दक्षिणी सुडानको एइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको पेट्रोलिङ फर्कने क्रममा गोली लागेको थियो ।

जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भईरहेको छ । सेनाका जवानलाई गोली दक्षिण सुडानको पिपुल्स लिवरेसन आर्मीले हानेका थिए ।

Published : Monday, 2018 September 17, 10:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया