यी हुन् यौन व्यवसायमा कर लगाउँछु भन्ने मख्यमन्त्री, राजीनामा माग
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालकी सांसद चन्दा चौधरीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामा माग गरेकी छिन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद चौधरीले यौन व्यवसायलाई बैधानिकता दिएर कर उठाउने मुख्यमन्त्री गुरुङको योजनाको विरोध गर्दै राजीनामा माग गरेकी हुन् ।
उनले रेड जोनको आवश्यकता भएको भन्ने मुख्यमन्त्री गुरुङको राजीनामा माग गरेकी हुन् ।
‘महिलाहरूलाई बेश्यावृत्तीका लागि लिगलाईज गर्ने र ट्याक्स उठाएर प्रदेशको विकासमा लगाउने कुरा कति जायज छ ?’, उनले प्रश्न गर्दै भनिन्, ‘यो सम्पूर्ण महिलाको अपमान हो ।’
‘सीता र भृकुटीको देशमा यस्तो कुरा गर्नु दुर्भाग्यपूर्ण हो’, चौधरीले भनिन्, ‘देशमा भइरहेको हत्या हिंसा र बलत्कार रोक्न नसक्ने तर, यस्तो कुरा गर्नु कति जायज छ ?’
राजपा नेपालकी सांसद चौधरीले देशभर भइरहेको बलात्कार रोक्न संविधान संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्नु पर्ने माग गरिन् । ‘मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङजीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’
दुई हप्ता अगाडि पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौन व्यवसायलाई बैधता दिएर कर उठाउन आफू सकारात्मक रहेको बताएका थिए ।
1 प्रतिकृया प्राप्त “यी हुन् यौन व्यवसायमा कर लगाउँछु भन्ने मख्यमन्त्री, राजीनामा माग”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

Naitikta x vane rajinama dinu hos.mahilako asmita lai dhajji udayera kar laune kura wa mantri jyu