कम्युनिस्ट सरकारले निर्मलाका अपराधी लुकायोः कमल थापा

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले न्याय माग्दै जनता सडकमा उत्रनुपर्ने अवस्था आउनु दुखद् भएको भन्दै कम्युनिस्ट सरकारको आलोचना गरेका छन् ।

काभ्रेमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले दुई तिहाइ सरकार रहेको बेलामा राज्य संयन्त्र नै अपराधी लुकाउन र ढाकछोप गर्न प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

थापाले भने, ‘निर्मला पन्त बलात्कारपछि हत्या घटनामा राज्य संयन्त्र अपराधी लुकाउन प्रयोग हुनु निर्लज्जताको पराकाष्ठा हो ।’

Published : Saturday, 2018 September 15, 4:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया