सरकारबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्योः डा.कोइराला
काठमाडौं । कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमा प्रहार हुन थालेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा डा.कोइरालाले नेकपा सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतर्फ अघि बढीरहेको आरोप लगाएका हुन् ।
‘उपचार गरिरहेको डाक्टर पक्राउ गर्ने’, उनले भने, ‘लेख्यो भनेर पत्रकार पक्राउ गर्ने, यो लोकतन्त्रमाथि प्रहार हो ।’
डा.कोइरालाले कम्युनिस्ट अधिनायकवाद हावी भइरहेका बेला कांग्रेसको भूमिका कस्तो हुनुपर्ने हो सोच्नुपर्ने अवस्था आएको बताए ।
एमाले–माओवादी मिलेर कांग्रेस हारेको भनाइ आफू स्वीकार गर्न तयार नरहेको उनले बताए । विधान पन्छाउने कार्यले पार्टीमा सुधार नआउने डा.कोइरालाले बताए ।
Published : Friday, 2018 September 14, 8:48 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत