सरकारले यौन व्यवसायलाई खुला बनाउन लागेकै हो ?
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले यौनकर्मीसँग कर उठाउने विषयको विरोध गरेका छन् ।
संसदको बिहीबार बसेको बैठकमा नेकपाका सांसद विरोध खतिवडाले यौनकर्मीसँग कर उठाउने विषयमा सरकारको जवाफ माग गरेका हुन् ।
खतिवडाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यौनकर्मीबाट कर उठाउने विषयमा सरकारको धारणा माग गरेका छन् ।
मुख्यमन्त्रीले राजस्व वृद्धिका नयाँ स्रोत पत्ता लगाएको हो ? भनेर प्रदेश सरकारको व्यंग्य पनि गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा हुने यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजाने बताएका थिए ।
‘वेश्यावृतिलाई वैधानिकता दिएर त्यसबाट कर उठाएर प्रदेश चलाउनुपर्छ भन्नेसम्मको सोच विकास भएछ’, नेकपाका सांसद खतिवडाले भने, ‘यसमा केन्द्रीय सरकारको दृष्टिकोण जान्न चाहन्छु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत