निर्मलाको समर्थनमा यस्तो रुपमा देखिए महिलाहरू

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिकाका केही महिलाले रातोको साटो कालो सारी लगाएर तीज मनाएका छन् ।

डेढ महिनाअघि बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको निम्ति उनीहरूले कालो सारीमा तीज मनाएका हुन् ।

महिलाहरूले निर्मला पन्तका हत्यारालाई तुरून्त पक्राउ गर्न माग गरे । हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो ।

सो घटनामा को संलग्न थियो भन्ने कुरा अझै रहस्यमय छ । प्रहरीले मुख्यअभियुक्त भनेर पक्राउ गरेका दीलिपसिंह बिष्ट डिएनए नमिलेपछि रिहा भएका छन्।

निर्मला पन्त हत्याको अभियोग लागेका दुई दिदीबहिनी रोशन बम र बबिता बम पनि प्रमाण अभावमा तारेखमा छाडिएका छन् ।

कालो सारीमा तीज मनाएका महिलाले बलात्कारीलाई फाँसी दिने व्यवस्था गर्न संविधान संशोधन गर्न पनि माग गरेका छन् ।

Published : Wednesday, 2018 September 12, 9:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया