यी हुन् जनतालाई दुःख दिने पूर्वमाओवादी निकट सल्यानी मेयर
सल्यान । सल्यानको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले सडकको नक्सा परिवर्तन गरेपछि विरोध भएको छ । बुढाथोकीविरुद्ध स्थानीयले विरोध प्रदर्शन समेत गरेका छन् ।
तत्कालीन माओवादी केन्द्रबाट मेयरमा निर्वाचित बुढाथोकीले आफ्ना साथी शोभाराम भण्डारीको घरजग्गाामा सडकसँग जोड्न बाटोको पुरानो नक्सा परिवर्तन गरेका हुन् ।
मेयर बुढाथोकीविरुद्ध संघर्ष समिति नै बनाएर आन्दोलनको तयारी स्थानीयले गरेका छन् ।
खरिबोट, कोटबाडा, हुँदै थबाङ जोड्ने यो बाटो निर्माणका लागि ४४ करोड बजेट विनियोजन भइसकेको छ ।
मेयर बुढाथोकीले आफ्ना साथी शोभाराम भण्डारीको घरजग्गालाई जोड्नका लागि पुरानो बाटोलाई मासेर नयाँ बाटोको नक्सा बनाएको स्थानीयको आरोप छ ।
मेयर बुढाथोकीको चर्तिकलाको प्रदेश सांसद गुलाबजंग शाह, प्रकाश ज्वाला तथा प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले पनि विरोध गरेका छन् ।
स्थानीय भीमप्रकाश शर्मा, कीर्तिबहादुर पुन, लोकबहादुर डाँगी, तिलक मल्ल, टीकाराम ओली, गोविन्द चन्द, लोकेन्द्र चन्द, वडा नं. ७ का वडाध्यक्ष राजेन्द्र ओली र वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र ओली, धनराज चन्द, मोहन खड्का, दीपक ओलीलगायतले पनि मेयर बुढाथोकीको क्रियाकलापको विरोध गरेका छन् ।
बाटोको नक्सा परिवर्तन तथा स्थानीयको प्रदर्शनका बारेमा प्रतिक्रिया लिन मेयर बुढाथोकीसँग सम्पर्क गर्दा उनले आफू व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन मानेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत